सचिन तेन्दुलकरलाई पछि पार्दै अफगानिस्तानका इकरम अलीले बनाए यस्तो कीर्तिमान

 असार २०, २०७६ शुक्रबार १५:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार वेष्ट इण्डिज र अफगानिस्तानले विश्वकपको अन्तिम खेल खेले । विश्वकपकाे ४२ औं खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई २३ रनले पराजित गरेकाे थियाे । 

पहिलो पटक विश्वकप खेलेका अफगानिस्तानको युवा खेलाडी इकरम अली खिलले वेष्ट इण्डिजविरुद्ध अर्धशतक बनाए । योसँगै उनले कीर्तिमान कायम गरेका छन् । 
१८ वर्षीय इक्रमविश्वकपमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने चौथो क्रिकेटर बनेका छन् । इकरमले ९३ बलमा ८६ रनको पारी खेलेका थिए । उनले भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई पछि पारेका छन् । 

विश्वकपमा सबैभन्दा कम उमेरमा अर्धशतक लगाउने कीर्तिमान बंगलादेशका तमीम इकबालको नाममा छ । उनले सन् २००७ मा १७ वर्ष ३६२ दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए । 

तमिमपछि दोस्रो सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने बंगलादेशकै मुशफिकुर रहिम छन् । उनले सन् २००७ मा नै १८ वर्ष १९७ दिनको उमेरमा कीर्तिमान बनाएका थिए । तेस्रो स्थानमा पनि बंगलादेशकै खेलाडी अटाएका छन् । मोहम्मद अशरफुलले सन् २००३ मा १८ वर्ष २३४ दिनको उमेरमा अर्धशतक बनाएका थिए । 

चौथौ नम्बरमा अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान इकरम अली खिल छन् । उनले १८ वर्ष २७८ दिनको उमेरमा यो कीर्तिमान बनाए । भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर पाँचौ स्थानमा छन् । उनले सन् १९९२ मा १८ वर्ष ३१८ दिनको उमेरमा अर्धशतक बनाएका थिए । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया