अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा वर्षा बाधक बनेको छ ।
टस जितेर पहिला ब्याटिङ गरिरहेको न्यूजिल्याण्डले ४६।१ ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएपछि खेल रोकिएको हाे । न्यूजिल्याण्डको स्कोरबोर्डमा १ रन हुँदा मार्टिन गप्टिललाई गुमाएको न्यूजिल्याण्डका लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले पारी सम्हाल्ने प्रयास गरेका थिए । यी दुईका बीचमा भएको ६८ रनको साझेदारी रवीन्द्र जडेजाले तोडेका थिए । निकोलस २८ रन बनाएर आउट भएका थिए ।
कप्तान विलियमसनले अर्धशतकीय पारी खेले पनि उनले टिमको स्कोरलाई अगाडि बढाउन असफल रहे । विलियमसनले ९५ बल खेल्दै ६७ रन बनाएका थिए ।
कोलिन डी ग्रान्डहोम १६ रनमा आउट हुँदा जेम्स निशम १२ रनमा पेभेलियन फर्किए । वर्षा भएपछि रोकिएको खेलमा रस टेलर ६७ र टम लाथम ३ रन बनाएर क्रिजमा छन् ।
भारतका भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजबेन्द्र चाहलले समान एक एक विकेट लिएका छन् । आजको विजेताले फाइनलमा अस्ट्रेलिया र इंग्ल्याण्डको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।