अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ । निर्धारित ओभरमा न्यूजिल्याण्डले ८ विकेट गुमाएर २३९ रन बनायो ।
वर्षाका कारण मंगलबार स्थगित भएको खेलमा न्यूजिल्याण्डले ४६ दशमलव १ ओभरमा न्यूजिल्याण्डले ५ विकेटको क्षतिमा २११ रन बनाएको थियो ।
त्यही अवस्थाबाट सुरु भएको खेलमा न्यूजिल्याण्डले आज थप २८ रन जोड्न सफल भयो ।
पहिलो दिन नटआउट रहेका रस टेलर र टम लाथम दुवैले व्यक्तिगत सात सात रन थपेर आउट भए । टेलर ७४ रनमा रन आउट हुँदा लाथमलाई १० रनमा भुवनेश्वर कुमारले पेभेलियन पठाए । १ रन बनाएर खेलिरहेका हेनरी निकलोसलाई पनि भुवनेश्वर कुमारले नै आउट गरे ।
मंगलबार टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डको स्कोरबोर्डमा १ रन हुँदा मार्टिन गप्टिललाई गुमाएको न्यूजिल्याण्डका लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले सम्हाल्ने प्रयास गरेका थिए ।
यी दुईका बीचमा भएको ६८ रनको साझेदारी रवीन्द्र जडेजाले तोडेका थिए । निकोलस २८ रन बनाएर आउट भएका थिए । कप्तान विलियमसनले अर्धशतकीय पारी खेले पनि उनले टिमको स्कोरलाई अगाडि बढाउन सकेनन् । विलियमसनले ६७ रन बनाउँदा ९५ बलको सामना गरेको थिए ।
कोलिन डी ग्रान्डहोम १६ रनमा आउट हुँदा जेम्स निशम १२ रनमा पेभेलियन फर्किए । भारतका लागि भुवनेश्वर कुमारले ३ तथा जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजबेन्द्र चाहलले समान एक-एक विकेट लिए ।
आजको विजेताले फाइनलमा स्थान बनाउँदै अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।