स्याङ्जाको कालीगण्डकीमा पहिरो जाने क्रम रोकिएन

 असार २८, २०७६ शनिबार १९:१५:२३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – रानीघाटमा निर्माणाधीन पुलभन्दा माथिबाट पहिरो झर्ने क्रम नरोकिँदा स्याङ्जा सटुकाका स्थानीयबासी समस्यामा परेका छन् । 

कालीगण्डकी गाउँपालिका-३, सटुकादेखि पाल्पा जाने मोटरबाटो अन्तर्गत निर्माणाधीन नयाँ मोटरपुलको स्याङ्जातर्फ झण्डै २०० मिटर माथिको भागमा ५० देखि १०० मिटरको दूरीमा धेरै ठाउँमा ठूलाठूला भ्वाङ परेका छन् । 

वर्षा सुरु हुनुभन्दा केही समय अघिदेखि नै बाटोमा भ्वाङ पर्न थालेपछि त्यो बाटो प्रयोग गर्न समेत त्रास बढेको स्थानीय कृष्ण पाण्डेयले जानकारी दिनुभयो । सडकमा परेको भ्वाङ्हरू पटक पटक पुर्दा पनि भ्वाङ नपुरिएपछि सर्वसाधारण जोखिम मोलेर हिँड्न बाध्य छन् । 

सटुका र बटिचौरका स्थानीय बासिन्दाहरुले केही दिन अगाडि वैकल्पिक बाटोको रुपमा गोरेटो बाटो बनाएका थिए तर त्यो बाटोमा पनि पहिरो झरिरहेको छ । पानी पर्ने क्रम नरोकिएकोले पहिरो झरिरहेको स्थानीयको भनाइ छ । 

स्थानीय भने सरोकारवाला निकायले यो विषयमा कुनै कदम नचालेको भन्दै आक्रोशित बनेका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया