अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
एकदिवसीय क्रिकेटको महाकुम्भ अर्थात् आईसीसी वर्ल्डकप प्रतियोगिताको १२ औँ संस्करण सकिएको छ ।
निकै रोमाञ्चक फाइनल खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई हरायो । इंग्ल्याण्डका बेन स्टोक्स 'म्यान अफ् द म्याच' घोषित हुँदा न्यूजिल्याण्डको केन विलियमसन 'प्लेयर अफ् द टुर्नामेन्ट' घोषित भए ।
आईसीसीले 'टिम अफ् द टुर्नामेन्ट' को पनि घोषणा गरेको छ । जसमा इंग्ल्याण्डका खेलाडीले वर्चश्व जमाएका छन् । इंग्ल्याण्डका चार जना खेलाडी टिम अफ् द टुर्नामेन्टमा अटाएका छन् ।
आईसीसी 'टिम अफ् द टुर्नामेन्ट' को पहिलो र दोस्रो नम्बरमा भारतका ब्याट्सम्यान रोहित शर्मा र इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोय अटाएका छन् । त्यस्तै तेस्रो र चौथो खेलाडीमा क्रमशः न्यूजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सन (कप्तान) र बंगलादेशका अलराउण्डर शाकिब अल हसन रहेका छन् ।
पाँचौ र छैटौँ स्थानमा इंग्ल्याण्डकै ब्याट्सम्यान जोए रुट र अलराउण्डर बेन स्टोक्स छन् । सातौँ नम्बरमा अष्ट्रेलियाका विकेटकिपर एलेक्स क्यारी, आठौँ नम्बरमा अष्ट्रेलियाकै तीव्र गतिका बलर मिचेल स्टार्क रहेका छन् ।
'टिम अफ द टुर्नामेन्ट' को नवौँ नम्बरमा इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर, १० औँ नम्बरमा न्यूजिल्याण्डका मध्यम गतिका बलर लकी फर्गुसन रहेका छन् । ११ औँ नम्बरमा भारतका तीव्र गतिका बलर जसप्रिल बुमराह र १२ औँ नम्बरमा न्यूजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट रहेका छन् ।