मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको निधन

 साउन २, २०७६ बिहिबार १९:३७:५८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा सुर्नया गाउँपालिका वडा नं-१ का वडाध्यक्ष कलशबहादुर चन्दको निधन भएको छ । 

सुर्नया गाउँपालिकाको सतबाँझबाट खोचलेक तिर जाँदै गरेको वडाध्यक्ष चन्द चढेको से १ प १११४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको चन्द्रसिंंह ऐर चढेको म २ प ६६३३ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा  गम्भीर घाइते भएका वडाध्यक्ष चन्द चन्दलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर्याउँदा मृत घोषणा गरिएको थियाे ।

अहिले चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने दुर्घटनामा घाइते भएका चन्द्र सिंंह ऐरको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया