जिल्लाभित्रै पशु चाैपाया निकासी कर लिन थालेपछि बैतडीका स्थानीय रुष्ट

 साउन ४, २०७६ शनिबार १८:१३:२१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – व्यापारिक प्रयोजनका लागि पशु चौपायाहरुको निकासी गरे बापत बैतडीका विभिन्न पालिकाहरुले कर लिन थालेका छन् । 

आफ्नो पालिकाबाहिर व्यापारिक प्रयोजनका लागि पशु चौपायाहरुको निकासी गरेमा कर लिने गरेको दोगडाकेदार गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले बताउनुभयो ।

गाउँपालिकाले निर्णय गरेर गएको वैशाखदेखि खसी, बाख्रा, राँगो, भैँसीलगायतका चौपाया निकासी गर्दा कर लिने गरेको कार्यालय सहायक जोशीले बताउनुभयो । खसी र बाख्राको एक-एक सय तथा राँगो र भैँसीको ५ सयका दरले कर लिने गरेको उहाँले बताउनुभयो । 

अहिलेसम्म पशु चौपया निकासीबाट ८८ हजार रुपैयाँ राजस्व संकलन भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ । जिल्लाभित्रै पनि निकासी कर लिन थालेपछि स्थानीयहरु भने रुष्ट बन्न थालेका छन् । जिल्लाभित्रैको कारोबारमा कर लिनु उचित नहुने स्थानीयहरुको भनाइ छ ।

त्यस्तै बैतडीको पञ्चेश्वर गाउँपालिकाले पनि पशु चौपायामा निकासी कर लिन थालेको छ । गाउँपालिकाबाट बाहिर निर्यात हुने र गाउँपालिकाभित्र व्यापार व्यवसायका लागि भित्रिने पशु चौपायमा कर लिने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष वीना भट्टले बताउनुभयो । 

पञ्चेश्वर गाउँपालिकाले खसी बिक्री बापतकर लिएपछि शिवनाथका विक्रम धनाडीले आवश्यक छलफल गरिदिन भन्दै गाउँपालिकामा निवेदन समेत दिनुभएको छ । पञ्चेश्वर गाउँपालिका– ३ बाट ६ ओटा खसी खरिद गरेको भन्दै वडा कार्यालयले ६ सय कर लिएको धनाडीले बताउनुभयो । 

वडा कार्यालयले गाउँसभाकै निर्णय अनुसार कर लिएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष भट्टले बताउनुभयो । यो विषयमा शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदलाई सोध्दा पञ्चेश्वर गाउँपालिकासँग छलफल भैरहेको जनाउनु भयो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया