कालीगण्डकी जलाशयमा सञ्चालित 'स्टिमर' सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा ।

 साउन ४, २०७६ शनिबार २०:४२:४९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

फाइल फोटो

स्याङ्जा – कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) बन्द भएको छ । 

बर्खा सुरु भएसँगै स्टिमर सेवा बन्द हुँदा यस क्षेत्रका जनता मर्कामा परेका छन् । जल यातायात बन्द हुनुका साथै ग्रामीण सडक अस्तव्यस्त हुँदा स्थानीयवासी भएका हुन् ।

नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले जल यातायात स्थगित गरिएको कालीगण्डकी जल यातायात समितिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो । यातायात सेवा स्थगित भएपछि स्याङ्जा, पर्वत र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित भएका हुन् । 

व्यावसायिक रुपमा १९ वर्षदेखि सञ्चालन हुँदै आएको स्टिमरबाट स्याङ्जा, पर्वत र गुल्मीका विभिन्न ठाँउका बासिन्दाले नौ महीनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्ने र वर्षाको समयमा तीन महिना बन्द हुने गरेको छ । स्याङ्जाको कालीगण्डकी गाँउपालिका–७ मिर्मीबाट दक्षिण पर्वतको बिहादी गाउँपालिका–६ सम्म झण्डै आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ । 

यातायात बन्द हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता भएको छ । हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका स्थानीयवासी स्टिमर बन्द हुँदा खच्चडमार्फत महङ्गो शुल्कमा ढुवानी गर्न बाध्य भएको स्थानीय व्यवसायी बताउँछन् ।

विसं २०५७ देखि सञ्चालनमा आएको स्टिमरबाट दैनिक एक हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्ने गरेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँले वर्षाको समय बाहेक अन्य समयमा समिति मार्फत् दैनिक १० वटा स्टिमर सञ्चालन गरिँदै आएको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया