गुल्मी पहिरो : ज्यान गुमाउनेको संख्या ११ पुग्यो

 साउन ८, २०७६ बुधबार १८:२२:१० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर–३, ठूलो लुम्पेकमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

पहिरोमा हराइरहेका चारजनामध्ये दुई जनाको बुधबार शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । बुधबार ठूलो लुम्पेक वडा नम्बर ३ की १६ वर्षीया बबी विक र लिम्घाका ४ वर्षीय सुमन विकको शव भेटिएको प्रहरीले जनाएको छ ।

सत्यवती–४ का १० वर्षीया करिष्मा तरामु र १३ वर्षीय धनी तरामुलाई राहत लिएर आएको हेलिकप्टरमा उपचारका लागि काठमाण्डाै लगिएकाे हाे । राहत लिएर पहिरो प्रभावित क्षेत्रमा पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चढेको सेनाको  हेलिकोप्टरमार्फत उनीहरुलाई काठमाण्डौ लगेकाे हो ।

यस्तै पहिरो प्रभावित गुल्मीको सत्यवती गाउँपालिकामा राहत सामग्री पुर्‍याइएको छ । पानी परेपछि पोखरामै रोकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोलीले राहत पुर्‍याएकाे हो ।  पहिरो प्रभावितलाई २० क्विन्टल चामल, २० क्विन्टल दाल, चिउरालगायत राहत सामग्री पुर्याएको हो । पानी परेपछि पहिरो प्रभावितलाई राहत बाँड्न हिँडेको परराष्ट्र मन्त्री ज्ञवालीसहितको टोली बिहानदेखि पोखरामा रोकिएको थियो ।

यस्तै पहिरोमा परि त्यस ठाउँमा चार सय भन्दा धेरै पशु चौपाय मरेकाले मरेका चौपाय व्यवस्थापन गर्न पनि समस्या भएको छ । 

प्रभावित क्षेत्रको एक दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध बनाएका कारण राहत सामग्रीहरु बोकेर गएका दर्जनौँ सवारीसाधनहरु बीचबाटोमा नै अलपत्र परेका छन् । सडक अवरुद्ध भएपछि घटना स्थलमा पुग्न दुई घण्टा पैदलयात्रा हिँड्नुपर्छ ।

सत्यवती गाउँपालिकाले सडक सुरु गर्न बीचबीचमा डोजर परिचालन गरे पनि पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले समस्या भएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

पहिरोका कारण त्यस क्षेत्रका चार सयभन्दा बढी बासिन्दाहरु सुरक्षित स्थानको खोजी गर्दै स्थानीय विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा पुगेर आश्रय लिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया