धादिङमा मोबाइल तथा गहनालगायतका सामान चोरी गर्ने गिराेहका तीन जना पक्राउ

 साउन ८, २०७६ बुधबार १९:४६:४४ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - घर घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चाेरी गर्ने  तीन जनालाई प्रहरीले बुधबार चाेरीका सामानसहित सार्वजनिक गरेको छ ।

नीलकण्ठ नगरपालिका-३, एमालेचोकका चोकनारायण श्रेष्ठले असार ९ गते आफ्नो मोबाइल हराएकोले जिल्ला प्रहरी कार्यालय धादिङमा सामान खोजी गर्न निवेदन दिनुभएको थियो ।

श्रेष्ठको निवेदन र प्रहरीको सूचनाको आधारमा एमालेचोकमा डेरा गरी बस्ने निसान सुन्दासको कोठामा छापा मारेर नीलकण्ठ नगरपालिका-४ का २० वर्षीय सुजन ठकुरी, १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दासलाई पक्राउ गरेकाे सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न ब्राण्डका १२ थान मोबाइल, २ वटा खुकुरी, २ वटा ढलौटको लोटा, १४ ओटा ढलौटको कचौरा, चोरी गर्न प्रयोग गरिएको फलामको हम्मर, रेन्ची, लाइटर, सुनजस्तै देखिने मंगलसुत्र र माला बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

तीन जनाको समूह मिलेर चोरी गर्ने बेलामा एकजनाले बाहिरी वातावरण हेर्ने, २ जना घरभित्र पसेर चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान गरिरहेको र धारिलो हतियार नै बोकेर हिँडेको समूह भएकोले उनीहरुबारे थप अनुसन्धान भइहेको बैदवारको भनाइ छ ।

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया