हेलमेटमा १५ किलो चाँदी लुकाएर ल्याउने पक्राउ

 साउन २०, २०७६ सोमबार १५:६:५८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – सशस्त्र प्रहरीको टोलीले १५ किलो चाँदीसहित महाेत्तरीबाट एक जनालाई पक्राउ गरेको छ । 

नेपाल–भारत सीमा नजिक पर्ने महोत्तरीको मटिहानी नाकामा खटिएको सशस्त्र प्रहरीको टोलीले चेक गर्ने क्रममा धनुषा मुसहरनियाँ–२ का ३२ वर्षीय वीरेन्द्र महतोलाई १५ किलो चाँदीसहित पक्राउ गरेको हो ।

सोमबार दिउँसो महतो सवार रहेको बी आर ३२ एल ०६८९ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा उनको हेलमेटभित्रबाट १५ किलो चाँदी बरामद भएको सशस्त्र प्रहरी महोत्तरीका गणपति निरकृष्ण अधिकारीले जानकारी दिनुभयो । बरामद भएको चाँदीको मूल्य १० लाख रुपैयाँभन्दा बढी रहेको गणपति अधिकारीले बताउनुभयो । 

महतोको साथबाट १५ किलो चाँदीसहित एक थान मोटरसाइकल, नेपालको एनसीसी बैंक र भारतको पञ्जाब नेसनल बैंकको एटीएम, भारतीय पहिचानपत्र र भारतीय सवारी लाइसेन्ससमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महतोलाई आवश्यक अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया