तुरतुरे ताल फुटेपछि टर्‍यो जोखिम, बढ्यो समस्या

 साउन २०, २०७६ सोमबार १७:४६:१७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको कृत्रिम रुपमा बनेको तुरतुरे ताल सोमबार बिहान फुटेको छ । सोमबार बिहान साढे २ बजे तिर तालको केही भाग फुटेपछि तटीय क्षेत्रका बासिन्दा सोमबार दिनभर त्रासै त्रासमा  बसेका थिए ।

ताल बिस्तारै–बिस्तारै फुटेका कारण तटीय क्षेत्रमा कुनै खतरा उत्पन्न भएन । बडिगाड खोलामा पानीको बहाव ठूलो भए पनित् यसले कुनै नोक्सान नपुराइ तालको पानी घटेको हो । तालको पानी घटेर आफ्नो पुरानो ठाउँमा फर्केपछि अहिले त्यस क्षेत्रको जनजीवन पनि सोमबार बेलुकीदेखि सामान्य बन्दै गएपछि जोखिम टरेको छ ।

त्यसैगरी अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने खतरालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिकाअन्तर्गत रहेका तटीय क्षेत्रहरुमा समेत उच्च सतर्कता अपनाएको छ ।

त्यस तटीय क्षेत्रका वामी, इन्द्रेगौंडा, चोरकाटे, मजुवा, रुद्रवेणी र रिडीमा गरी ६ ठाउँमा पूर्व सूचना प्रणाली जडान गरिएको र त्यसैको माध्यमबाट त्यस क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भएको छ । 

मध्यपहाडी लोकमार्ग अवरुद्ध

तुरतुरतुरे ताल फुटेपछि सोमबार बिहानदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खर्बाङ–बुर्तिबाङ सडकखण्डमा पूर्ण रुपमा क्षति पुगेको छ । तालबाट  खसेको बाढीले  सडक बगाएपछि त्यस क्षेत्रका बासिन्दाहरु थप समस्यामा परेका छन् ।

सडक बगाएपछि त्यस क्षेत्रमा सञ्चालन हुँदै आएका सयौं सवारी साधनहरु बुर्तिबाङ, भिङगिठे, खाल, खार र खर्बाङलगायतका बजारहरुमा अलपत्र परेका छन् ।

सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रमा खाद्यान्न ढुवानी गर्न समस्या उत्पन्न हुने भएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया