जुँगु पहिरोमा बेपत्ता भएकाहरुकाे शव भेटिएन: कुशको शव बनाएर दाहसंस्कार

 साउन २३, २०७६ बिहिबार १९:४८:१६ | उषा तामाङ
unn.prixa.net

दोलखा - गौरिशंकर गाउँपालिकाको जुँगु पहिरोमा परेर बेपत्ता भएका दुई जनाको शव फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । 

गएकाे साउन १७ गते रातिको पहिरोमा परेर बेपत्ता भएका गौरिशंकर गाउँपालिका वडा नम्बर-१, जुँगुका ५५ वर्षीय जगत बहादुर खत्री र वडा २ का १८ वर्षीय निशान खड्काको शव फेला नपरेपछि बिहीआार आफन्तले कुशको शव बनाएर हिन्दु धर्म अनुसार अन्तिम संस्कार गरेका हुन् ।

२ दिनसम्म एक्स्काभेटरको सहयोगमा खोजतलास गर्दा फेला नपरेपछि नेपाली सेनाको ३ वटा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएकाे थियाे । यसाे गर्दा पनि पहिरो गएको ६ दिन बित्दासमेत शव फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।

बेपत्ता दुवै जनाको शव नभेटिएपछि मृत्यु भएको भनि प्रमाणित गर्ने प्रक्रिया सुरु भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । 

शुक्रबार अविरल वर्षासँगै आएको पहिरो र बाढीले दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ मा व्यापक क्षति पुर्याएको छ । बाढी पहिरोबाट ३२ घर परिवार विस्थापित भएका छन् भने एक सय भन्दा बढी घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । 
 


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया