तिला नदीमा एक हप्तापछि काठेपुल राखियाे, आवतजावत सुरु

 साउन २९, २०७६ बुधबार १६:४८:४० | नेत्र शाही
unn.prixa.net

जुम्ला – तातोपानी गाउँपालिका वडा नम्बर ४ र ५ बीचकाे तिला नदीमा एक हप्तापछि काठेपुल राखिएको छ ।

गएको हप्ता पानीको बहाव बढेपछि तिला नदीको पुल भाँचिएको थियो । भाँचिएको पुलको ठाउँमा गाउँपालिका, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा बिहीबार काठेपुल राखिएको हो । 

काठेपुल राखिएपछि लामो समयदेखि रोकिएको आवतजावत सुरु भएको छ । पानी परेसँगै नदीको बहाव बढेका कारण ५२ हाते लामो काठे पुल जडान गर्न हम्मे हम्मे परेको स्थानीय पूर्णप्रसाद चौलागाईँले बताउनु भयो । गएको हप्ता बाढीले पुल भाँचिएर आवतजावत नै रोकिएपछि स्थानीयहरु एक हप्तादेखि काठेपुलको तयारीमा जुटेका थिए । 

गाउँपालिकाको सहयोगमा काठेपुल राखिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानले जानकारी दिँदै काठेपुलको ठाउँमा पक्की पुलको आवश्यकता रहेको उहाँले बताउनु भयो । 

बाढीले पुल भाँचिएपछि स्थानीयहरु एक हप्तासम्म पहिलेको हाँकु गाविस (अहिलेको वडा नम्बर ४) का बासिन्दाहरु गाउँपालिका र कर्णाली राजमार्गमा आउन घण्टौँ लगाएर बाबिरा र उमगाडको पुल प्रयोग गर्न बाध्य भएका थिए ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया