रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

 भदौ ३, २०७६ मंगलबार १७:३८:४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन  – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनै जनालाई पाँच दिनको म्याद थपेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीकाे इजलासले उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे । पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलसहित अस्मिता कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपको माग गर्दै तीनै जनालाई अदालत पेश गरेको भए पनि अदालतले ५ दिनको म्याद थप गरेको हो ।

अदालतमा लामिछानेको पक्षबाट बहस गरेका वकिलहरुले अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राखिरहनुपर्ने कुनै पनि कारण नभएकाले रिहा गर्नु पर्ने माग गरेका थिए ।

लामिछानेलाई फेरि हिरासतमै राखिरहनु पर्ने कारण नदेखिएको र उनले दिएको बयानको कुन व्यहोराले म्याद थप गर्नु पर्ने देखिएको हो त्यो स्पष्ट नखुलेकाले अधिवक्ताहरुले प्रश्न गरेका थिए ।

रवि लामिछानेका तर्फबाट बहस गर्नु भएका अधिवक्ता सुशील पन्तले काम बाँकी छ भन्दैमा हिरासतमा राख्नु नपर्ने तर्क गर्नुभयो । उहाँले भिडियो कसले प्रसारण गरेको हो र त्यसको स्रोतमाथिकाे सत्यताका बारेमा पनि प्रश्न उठाउनुभयो । उहाँले यस घटनामा ‘फेअर जस्टिस र फेअर इन्भेस्टिगेसन’ हुनुपर्ने पनि बताउनुभयो ।

प्रहरीले भने केही प्रमाण संकलन भएको र केही नयाँ कुरा खुलेकाले अनुसन्धानका लागि अझै १० दिनको म्याद थप गर्न माग गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • Tej Kathayat

    Aug. 20, 2019, 5:52 p.m.

    देशभक्त रबि लाइ रिहा नगरेर राज्य र न्यायालय ले जनता को विश्वास गुमायो । जय रबि जय नेपाल

  •  0 Reply

तपाईको प्रतिक्रिया