हत्याका आराेपी सामाजिक सञ्जालमा गरिएकाे कुराकानीकाे आधारमा पक्राउ

 भदौ ६, २०७६ शुक्रबार १९:३३:१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – बर्दिवास नगरपालिका वडा नम्बर ३ का सरोज भनिने श्रवणकुमार थापाको हत्या आरोपमा महोत्तरी प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

प्रहरीले थापाको हत्याको आरोपमा सर्लाही धनकौल गाउँपालिका वडा नम्बर ३ हरकटवाका २७ वर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ वर्षीय मुकेश साह, रौतहट जिल्ला गढीमाई नगरपालिका वडा नम्बर ६ वखरी टोलका ३३ वर्षीय श्री नारायण महरा र ४६ वर्षीय टिआई सहनीलाई सार्वजनिक गरेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीलगायत प्रहरीको अनुसन्धान टोलीले उनीहरुलाई सामाजिक सञ्जालमा गरिएको कुराकानीको आधारमा पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

समाजिक सञ्जालमा पैसाको लेनदेन सम्बन्धमा भएको कुराकानीको आधारमा लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक अधिकारीले बताउन भयो । प्रहरी उपरीक्षक अधिकारीका अनुसार थापाको हत्या गर्न २ लाख ७५ हजार रुपैयाँमा सहमति भएको अभियुक्तले अनुसन्धानको क्रममा स्वीकारेका थिए । 

गएको असार ३१ गते राति साढे १० बजेको समयमा बर्दिवास नगरपालिका वडा नम्बर ३ गौरीडाँडाका ३६ वर्षीय सरोज भनिने श्रवणकुमार थापा स्थानीय बीपी राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका वडा नम्बर ३ को स्मृति पार्क नजिकै बेहोस अवस्थामा भेटिएका थिए । प्रहरीले तत्काल उपचारको लागि उनलाई बर्दिवासको शुभस्वस्तिक अस्पताल पुर्याएपटि चिकित्सकले मृत घोषित गरेका थिए । 

सुरुवातमा प्रहरीले यो घटनालाई सवारी दुर्घटनाको रुपमा लिए पनि पछि अनुसन्धानको क्रममा नियोजित ढंगले मृतक थापाको हत्या गरेर फालिएको प्रहरीले अनुसन्धानका क्रममा फेला परिएको थियो । 

केही दिनअघि मात्र ७० लाख रुपैयाँमा जग्गा बिक्री गरिएको र त्यही रकमको विषयमा विवादले उग्र रुप लिएपछि घटना घटेको थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया