खेमराज गुरुङका गीत संकलन गरी युट्युबमा राखिने

 भदौ ११, २०७६ बुधबार १६:४४:५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका–४मा जन्मिएका स्वर्गीय गायक खेमराज गुरुङको सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने भएको छ ।

खेमराज गुरुङ ट्रस्टले उहाँको नाममा युट्युब च्यानल स्थापना गरी शब्द, स्वर र संगीत  भरेका उहाँका सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने जनाएको हो । २०५८ सालमा बजारमा आएको पूर्वेली भाका भएको ‘वारि जमुना पारि जमुना’ बोलको गीतले उहाँलाई विश्वमाझ चिनाएको थियो । त्यो गीत विश्वकै सयमध्ये उत्कृष्ट रुचाइएको मध्येमा परेको थियो ।

अझै पनि यो बोलको गीत आमश्रोताले अझै पनि गाउने गरेका छन् भने उत्तिकै लोकप्रिय समेत रहेको छ । त्यो बाहेक स्वर्गीय गायक गुरुङको ‘आलु तामाले’, ‘खोलाको चिसो पानी’ लगायत दुई दर्जनभन्दा बढी गीत चर्चित रहेका छन् ।

दुई छोराका पिता गुरुङको तीन वर्षअघि उहाँको उपचारको क्रममा निधन भएको थियो । उहाँका जेठा छोरा शुभमको समेत गीतसंगीतप्रति लगाव रहेको छ । ट्रस्टले गुरुङसँग सम्बन्धित गीतहरूको संग्रह नभएकाले सबैलाई त्यस्तो गीत भए आफूहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।

ट्रस्टका संरक्षक खेमराजकी आमा तुलसीमाया गुरुङले खेमराजले झण्डै ५ सयभन्दा बढी गीत गाएको बताउनु भयो । उत्तिकै संख्यामा संगीत, शब्दरचना गरेको उहाँको भनाइ छ । उहाँको गीति संग्रह ‘ढाक्रे’ समेत केही समयअघि बजारमा आएको थियो । खेमराजले गीत संगीतका साथै सामाजिक सेवा समेत सक्रिय भएकाले आममानिसहरुको मन जितेका थिए ।

खेमराजसँग सम्बन्धित शब्द रचना, संगीत र स्वर रहेका सबै गीतलाई पछिल्लो पिँढीसम्म सुनाउन र एउटा संग्रहको रुपमा स्थापित गर्न युट्युबमा राखिने योजना बनाएको ट्रस्टले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया