मेरो निधनपछि बाँकी सम्पत्ति छोरा र छोरीलाई बराबर बाँडिनेछ : अमिताभ बच्चन

 भदौ ११, २०७६ बुधबार १८:०:५६ | एजेन्सी
unn.prixa.net

बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निधनपश्चात उनको बाँकी सम्पत्ति छोरा अभिषेक र छोरी श्वेतालाई बराबरी बाँडिने कुरा बताएका छन् ।

भारतमा ‘बेटी पढाओ, बेटी बचाओ’ अभियानका सद्भावना दूत समेत रहेका अमिताभ बच्चन लैङ्गिक समानताका विषयमा विभिन्न कार्यक्रम, मिडिया तथा सामाजिक सञ्जालमा खुलेर आफ्ना विचार राख्दै आएका छन् ।

हालै उनले एक कार्यक्रममा आफ्नो निधनपश्चात आफ्ना छोरा र छोरीबीच उनको बाँकी सम्पत्ति बराबरी बाँडिने कुराको जानकारी दिएका छन् । अमिताभले यसअघि पनि यस विषयमा बोलिसकेका छन् ।

सन् २०१७ मा ट्विटरमा उनले एक फोटो शेयर गरेका थिए, जसमा उनले प्लेकार्ड समातेका छन र क्याप्सनमा लेखिएको छ ‘हामी बराबर छौँ, फोटोले सबैकुरा बोलिरहेको छ ।’ अमिताभले बोकेको त्यस प्लेकार्डमा लेखिएको थियो ‘मेरो निधनपछि जति पनि सम्पत्ति बाँकी रहन्छ, त्यो मेरी छोरी र छोराबीच बराबर रुपमा बाँडिनेछ ।’

रिपोर्टहरुका अनुसार अमिताभ बच्चन ४ सय मिलियन डलर (४५, ८६२, ०००,०००) भन्दा धेरै सम्पत्तिका मालिक हुन् । यसबाट प्रष्ट हुन्छ की अमिताभ बच्चन समाजमा रहेको छोरा र छोरी बीचको विभेदको अन्त्य गर्न चाहन्छन् । यस कुराको उदाहरण आफू स्वयम बन्दै समाजमा सकारात्मक सन्देश दिन चाहन्छन् । 

अमिताभका २ सन्तानमध्ये एक छोरा अभिषेक बच्चन र एक छोरी श्वेता नन्दा छन् । अभिषेकले विश्व सुन्दरीसमेत रहिसकेकी अभिनेत्री एश्वर्या रायका साथ विवाह गरेका छन् । दुवैकी एक छोरी आराध्या छिन् ।

बच्चनकी छोरी श्वेता नन्दाको भारतीय व्यापारी निखिल नन्दाका साथ विवाह भएको थियो भने दुवैबाट एक छोरी नव्या र एक छोरा अगत्श्या छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया