अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
धान रोप्ने बेलामा हिलो खेल्ने चलन जताततै छ । तर झापाका राजबंशी समुदायले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट ददिकादो अर्थात हिलो खेल्ने गर्छन् ।
यो एकप्रकारको हिलोमा खेलिने खेल हो । हिलोमा तीनवटा बाँस गाडिएको हुन्छ । बाँसको टुप्पोमा फलफूल र पैसा राखिएको पोको झुण्ड्याइएको हुन्छ । धेरैले हिलो खेल्दै बाँसको टुप्पोमा राखिएको पोको झिक्ने प्रयास गर्छन् ।
तर पोकोमा तेलसमेत हुने भएकाले चिप्लो बाँसमा चढेर सजिलै त्यो पोको झिक्न सकिंदैन । चिप्लो बाँसको टुप्पोमा पुगेर जसले त्यो पोको झिक्न सक्छ, उही बिजेता हुन्छ । कृष्ण अष्टमीको आठ दिनपछि विधिवत रुपमा पूजा गरेर यो उत्सव समापन गरिन्छ।