धादिङमा जीप दुर्घटना हुँदा १५ जना घाइते

 भदौ १५, २०७६ आइतबार १३:१६:५२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङकाे खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको जीप आइतबार दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

तिजमा माइत हिँडेका यात्रुबोकेर जाँदै गरेको बा १ झ ५४३१ नम्बरको जीप नीलकण्ठ नगरपालिकाकाे धाैखाेलामा अर्को गाडीलाई उछिन्ने क्रममा पल्टिएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनेेमा १० जना महिला र ५ जना पुरुष रहेका छन् । दुर्घटनामा सामान्य घाइते भएका १३ जनाकाे हरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि काठमाण्डौकाे ट्रमा सेन्टरमा पठाइएको छ ।

घाइतेहरुकाे सूची

नीलकण्ठ नगरपालिका बस्ने २९ वर्षीय सोम बहादुर मंग्राती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का‚ २५ वर्षीया गिता रोक्का‚ २२ वर्षीय धन बहादुर दुवाडी ६ वर्षीया रोचिता गुरुङ १० वर्षीया सरिता रोक्का, १० वर्षीया पार्वति नेपाली‚ ५० वर्षीया देब कुमारी थापा मगर, ५० वर्षीय मायादेवी आले, १० वर्षीया सुनिल बालकोटी, १३ वर्षीया सिर्जना नेपाली‚ ज्वालामुखी -५ खरी बस्ने १७ वर्षीया सरस्वती गुरुङ

काठमाण्डौ रिफर भएका घाइतेहरु

धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका बस्ने ३१ वर्षीय राम बहादुर दुवाडी र त्यसै ठाउँकी ६५ वर्षीया काली गुरुङ

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया