उपचारमा हेलचेक्र्यार्इँ गर्ने नेपालगञ्ज अाँखा अस्पतालले तिर्यो बिरामीलार्इ क्षतिपूर्ति

 असार २९, २०७५ शुक्रबार १५:५२:४० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बिरामीकाे उपचारमा हेलचेक्र्यार्इँ गर्ने नेपालगञ्ज अाँखा अस्पतालले बिरामीलार्इ क्षतिपूर्ति तिरेकाे छ । 

नेपालगञ्जकाे सुर्खेतरोडमा रहेको नेपालगञ्ज आँखा अस्पतालले उपचारका लागि पुगेका बिरामीकाे उपचारमा हेलचेक्र्याइ गरेकाले क्षतिपुर्ती बापत तीन लाख ६० हजार रुपैयाँ तिरेकाे हाे । 

अस्पतालले कोहलपुर १२ का अर्जुन चदारालार्इ क्षतिपूर्ती स्वरुप उक्त रकम तिरेकाे हाे ।  

चदराकाे कोहलपुरस्थित मध्यवर्ती सामुदायिक  र जन आस्था उपभोक्ता समूहको संयुक्त कार्यालयको भवन निर्माण गर्ने क्रममा आँखामा ढुंगाले चोट लागेको थियो । असार ११ गते उपचारका लागि नेपालगञ्ज आँखा अस्पताल पुगेकाे भए पनि चिकित्सकहरुले  कुनै खतरा नभएको भन्दै सामान्य अाैषधि दिएर पठाएका थिए ।

छोराको आँखामा सुधार नभएको भन्दै बाबु गोरे चदाराले चिकित्सकले शल्यक्रियामा लापरवाही गरेको भन्दै दावी गरेपछि चिकित्सकले तत्काल सुविधा सम्पन्न अस्पताल तिलगंगा आँखा अस्पतालमा रेफर गरेका थिए । चिकित्सकले रेफर गरेको सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि नलिएको र छोराको 
उपचारमा लापरवाही गरेकाले उपचारमा धेरै रकम खर्च भएको भन्दै क्षतिपूर्तीकाे माग गरेका थिए ।  

अर्जुनको आँखा उपचारमा धेरै रकम खर्च भएको र उनको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालले क्षतिपुर्ती(सहयोग) बापत तीन लाख ६० हजार रुपैयाँ उपलब्ध गराइएको अस्पतालसँग भएकाे सहमतीपत्रमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया