चितवनमा खाेर अभाव भएपछि मान्छे खाने बाघलाई बर्दिया पठाइयाे
मंसिर १९, २०८० मंगलबार
सरकारी तथ्याँक अनुसार केही समय अघिसम्म रोजगारीका लागि विदेश पुगेका २८ जना नेपाली कोमामा थिए । तर उनीहरुमध्ये एक जनाको कुवेतमै मृत्यु भयो । दुई जनालाई नेपाल ल्याइयो ।
अहिले सबैभन्दा धेरै कतारमा १५ जना नेपाली कोमामा उपचाररत छन् । साउदीमा ७ जना र कुवेतमा ३ जना गरी २५ जनाको उपचार भइरहेको छ । यूएईमा चार वर्ष कोमामा उपचार गएर पर्वतका कुमार फकामीलाई गएकाे भदौ १५ गते कम्पनीले नेपाल पठाइदियो ।
सास छदै अनुहार देख्न पाइने आश मारेर बसेको कुमारको परिवार आफ्नो मानिसलाई देख्न पाउदा खुशी त छ तर मुढोझैं भएका कुमारलाई पैसाको अभावमा गुमाउनु पर्ने हो कि भन्ने अर्को चिन्ता छ ।