दशैँ सुरु हुने बेलासम्म पनि मनसुन नसकिने संकेत

 असोज ८, २०७६ बुधबार ७:३०:५४ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – मनसुन अझै केही दिन सक्रिय हुने देखिएको छ । बंगालको खाडीबाट आएको पानी पार्ने हावा र नेपालमै बनेको बादलले अझै केही दिन विभिन्न ठाउँमा पानी पार्ने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

यसकै असरले एक ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने तथा कतै ठूलो पानी पनि पर्न सक्ने तर लगातार झरीको संभावना भने नरहेको उहाँले बताउनुभयो । सामान्यतया सेप्टेम्बर २३ तारिखमा मनसुन सकिनुपर्ने भए पनि यस वर्ष अझै लम्बिने देखिएको हो । यसले गर्दा दशैँ सुरु हुने बेलासम्म पानी पर्ने क्रम नरोकिने भएको छ ।

आउँदो आइतबार दशैँको घटस्थापना हो । अझै केही दिन पानी पर्ने देखिएकाले दशैँको सुरुमा मौसम पूर्ण रुपमा सफा नहुने मौसमविद्को अनुमान छ । मनसुन सकिन लागेकाले अब केही दिन पानी पर्ने मौसमविद् नगरकोटीको भनाइ छ । सामान्यतया जुन १० तारिखमा पूर्वबाट प्रवेश गरेको मनसुन मध्य हुँदै पश्चिमसम्मै फैलिएर सेप्टेम्बर २३ मा पश्चिमबाट मध्य हुँदै पूर्वबाट बाहिरिन्छ । 

तर अहिलेको अवस्था हेर्दा तत्काल पश्चिमबाट नै मनसुन बाहिरिने सम्भावना नदेखिएको मौसमविदको भनाइ छ । 

आज र भोलि धेरै ठाउँमा पानी पर्ने

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वमा पानी पर्ने मौसमविद् नगरकोटीले जानकारी दिनुभयो । यस्तै, बिहीबार देशका धेरै ठाउँमा तथा पर्सि पश्चिममा पनि पानी पर्ने देखिएको उहाँले बताउनुभयो । 

काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा राती ठूलो पानी पारेको प्रणाली भने अहिले कमजोर हुँदै गएको छ । बंगालको खाडीबाट आएको पानी पार्ने वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित नवलपरासी, चितवनलगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तर राति पानी परेको प्रणाली अहिले कमजोर हुँदै गएको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अब विस्तारै कम पानी पर्दै मौसम खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो । 

मंगलबार राति उपत्यका र आसपास ठूलो पानी परेपछि विष्णुमती, बागमती, मनोहरालगायतका नदीमा बाढी आएको छ । केही नदीमा बाढी सतर्कता तह आसपास पुग्न सक्ने भएकाले नदी किनारको बाटोमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया