पाँचथर कारागारमा सुँगुरको मासु खाँदा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

 असोज २७, २०७६ सोमबार ८:३६:५७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – दशैँको अवसरमा पाँचथर कारागार भित्रै सुँगुर काटेर मासु खाँदा बिरामी परेका थप एक जना कैदीबन्दीको ज्यान गएको छ । यससँगै मासु खाएर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

ज्यान गुमाउनेहरुमा कारागारमा कैद भुक्तान जिल्लाको फिदीम नगरपालिका–१०, का ३४ वर्षीय जयप्रकाश जवेगु, फालेलुङ गाउँपालिका–८, का २५ वर्षीय बुद्धि केरुङ र फालेलुङ–६ का सुन्दर राई रहेका छन् ।

सुँगुरको मासुसँगै पित्त खाँदा बिरामी परेका सुन्दरको उपचारको क्रममा झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा आइतबार ज्यान गएको कारागारका प्रमुख सुरेन्द्र मुखियाले बताउनुभयो ।

उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको र सोमबार पोष्टमार्टमपछि परिवारलाई जिम्मा दिइने पाँचथर प्रहरीले जनाएको छ ।

असोज १९ गते राति दशैँको अवसरमा कारागार भित्रै सुँगुरको मासु खाँदा बिरामी परेका चार जनामध्ये बुद्धि केरुङको असोज २० जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो भने जयप्रकाश जवेगुको उपचारको लागि झापातर्फ लैजाँदै गर्दा त्यही दिन राति ज्यान गएको थियो । 

ज्यान गुमाउने केरुङ ३ वर्ष अघिदेखि जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका थिए भने जवेगु कर्तव्य ज्यान अन्तर्गतको मुद्धामा ८ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका थिए । 

आइतबार ज्यान गुमाएका राई पनि जबरजस्ती करणी मुद्धामा ६ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका थिए । मासु खाँदा बिरामी परेका कुम्मायक गाउँपालिकाका दिनेश खजुम भने उपचारपछि सामान्य अवस्थामा फर्किसकेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया