अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
नेपालगञ्ज उपमहानगरपालिकोको वडा नंवर २२ को किर्घिनपूर्वामा छ नैनाको घर । नैना र यस वस्तीबीच अनेक समानता छन् । गाउँ भनौ, उपमहानगरभित्र पर्छ । शहर भनौ शहरमा हुनुपर्ने खानेपानी, सडक, बिद्यालय जस्ता आधारभूत सुविधा पनि छैनन् । नैनाको अवस्था पनि यस्तै छ । नैना न पुरुष हुन्, न महिला । तर नैनाबिना शहर र गाउँका धेरै शुभकर्म अलपत्र पर्छन् । नैनाका हातले ताल ठोक्छन् र गोडाले तालसित चाल मिलाउँछन् । नैना र उनको बसोवास रहेको वडा नंवर २२ मा मानिसलाई छक्क पार्ने र अचम्म लाग्ने कुरा धेरै छन् ।