शरद ऋतुमा सगरमाथा आरोहण प्रयास असफल

 कात्तिक ५, २०७६ मंगलबार १०:५:४३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – यस वर्षको शरद ऋतुमा सगरमाथा आरोहण प्रयास असफल भएको छ । आरोहण अनुमति लिएका २ समूहका १० जनाले आरोहण गर्न नसकेर फर्किएको पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । 

उहाँका अनुसार हिउँ जमेका कारण बाटो बनाउन नसकिएकाले चुचुरोमा पुग्न नसकिएको हो । 

९ वर्षपछि शरद ऋतुमा सगरमाथा आरोहणको अनुमति दिइए पनि आरोहण प्रयास विफल भएको बताइएको छ । उनीहरुले सेप्टेम्बर ६ तारिखमा शरद ऋतुमा आरोहण अनुमति पाएका थिए ।

अनुमति लिनेहरुमा ४ जना अमेरिकन, ४ जान पोल्याण्ड, १ बेलायती र १ स्पेनिस नागरिक रहेका थिए ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया