आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं, जेठ ९ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले गफ भन्दा पनि काम गरेर देखाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा आफ्नो धारणा राख्दै उहाँले हावादारी कुरा गरेर नागरिकलाई नझुक्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नीति कार्यक्रममा रेल मार्ग, जल मार्ग, विद्युतलगायतका विकासका कुरामा आधारहीन प्रचार गर्न खोजिएको उहाँले आरोप लगाउनुभयो ।
अबको पाँच वर्षमा नेपाली युवालाई विदेश जान नपर्ने गरी रोजगारको व्यवस्था गर्नु अहिलेकै अवस्थामा चुनौतीपूर्ण रहेको देउवाले बताउनुभयो । उहाँले विदेशी लगानी भित्र्याउन र विकासका कामलाई अगाडि बढाउने सवालमा अहिलेसम्म सरकारले कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले नेपालीहरुलाई कसैले राष्ट्रवादको पाठ पढाउन जरुरी नरहेको बताउनुभयो । ‘नेपाली जनताहरु सबै राष्ट्रवादी छन् । चाहे पहाडका हुन्, हिमालका हुन् वा मधेसका हुन् । सबै राष्ट्रवादी छन् । सबैमा राष्ट्र भाव छ । कसैले राष्ट्रवादको पाठ पढाइरहनुपर्ने जरुरी छैन ।’