चर्चित बलिउड निर्देशक सुभास घई नेपाल आउँदै

 जेठ ९, २०७५ बुधबार १३:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ९ – प्रसिद्ध बलिउड निर्देशक सुभास घई नेपाल आउने भएका छन् । 

काठमाडौंको मैतिदेवीमा रहेको कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेसनलको संयुक्त आयोजनामा हुन गइरहेको वर्कशप तथा सेमीनारमा बलिउडका शो म्यान तथा चर्चित फिल्म निर्देशक सुभास घई नेपाल आउने भएका हुन् । सुभास घई विस्लीङ्ग उडका फाउण्डर चेयरमेन पनि हुन् । उनले नै नेपाली चेली मनिषा कोइरालालाई १९९१ मा चलचित्र ‘सौदागर’ बाट बलिउडमा इन्ट्री गराएका थिए ।

 https://www.youtube.com/watch?v=yjCznbHB55U

वर्कशप विशेष गरी मिडिया नलेज, मोबाइल फिल्म मेकिङ्ग, स्क्रिप्ट राइटिङ्ग र फेसन डिजाइनमा केिन्द्रत हुने बताइएको छ ।  यही वर्कशपको लागि मुम्बईबाट निर्देशक घईसँगै स्क्रिप्ट राइटर अन्जुम राजाबली, फेसन डिजाइनर, निशा चन्दा, फिल्म मेकर रवीया नाज्की तथा मुक्ता आर्टस्का म्यानेजिङ डाइरेक्टर राहुल पुरी र नेपालबाट फिल्म डिरेक्टर तथा मिडिया पर्सनालीटी दिनेश डिसी हुनेछन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया