विराटनगर र भद्रपुरबाट पोखरा ‘ट्रान्जिट फ्लाइट’ मंसिर १५ गतेदेखि

 मंसिर ९, २०७६ सोमबार १०:३४:४१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगर र भद्रपुरबाट पोखरा ट्रान्जिट फ्लाइट सुरु हुने भएको छ । बुद्ध एयरले विराटनगरबाट काठमाण्डौ र त्यहाँबाट पोखरा उडान गर्न लागेको हो ।

आउँदो डिसेम्बर १ (मंसिर १५) देखि ट्रान्जिट फ्लाइट सुरु गर्न लागेको बुद्ध एयरका सञ्चालक विरेन्द्रकुमार बस्नेतले बताउनुभयो । उहाँले पहिलो ६ महिनाका लागि परीक्षण स्वरुप ट्रान्जिट फ्लाइट गर्न लागिएको र कम्पनीले नोक्सान बेहोर्नुपर्ने स्थिति नभएमा सेवा निरन्तर दिने बताउनुभयो । 

बुद्ध एयरले पोखरा–काठमाण्डौ १० वटा उडान भर्दै आइरहको छ । विराटनगरबाट काठमाण्डौ आठ वटा उडान नियमित हुँदै आएको छ । त्यस्तै, भद्रपुरबाट तीन वटा उडान हुँदै आएको छ । विराटनगर र भद्रपुरबाट हुने उडानबाट पोखरा जाने यात्रुको लागि ट्रान्जिट गरिने र ६ महिनापछि होटल व्यवसायी तथा ट्राभल एजेन्सीसँग छलफल गरेर अगाडि बढ्ने तयारी बुद्ध एयरको छ ।

६ महिनासम्म  यात्रुको चाप हेरेर त्यसपछि विराटनगरबाट पोखरा सिधा उडान गर्न सकिने बस्नेतले जानकारी दिनुभयो ।

हप्तामा २०० यात्रु भएमा एक हप्तामा तीन वटा उडान राख्न सकिने उहाँको भनाइ छ ।

मंसिर १५ देखि सुरु हुने ट्रान्जिट फ्लाइटले  मुक्तिनाथ र बराह क्षेत्रका पर्यटकसमेत जोडिने दाबी पर्यटन व्यवसायीको छ । तर त्यसका लागि नियमित उडान आवश्यक छ ।

प्रदेश सरकारले प्रचार गर्ने

विराटनगरबाट सिधै पोखरा उडानको काम सुरु भएमा प्रदेश सरकारले प्रचारमा सहयोग गर्ने जनाएको छ । विराटनगरमा भएको छलफलको क्रममा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले  प्रदेश सरकारले प्रचार प्रसारको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्री राईले विराटनगरबाट पोखरा उडानको प्रदेश सरकारको सपना पूरा हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले प्रचारको लागि सहयोग गर्नेछ ।’ विराटनगर विमानस्थलको स्तरोनन्तीको लागि काम सुरु गर्न पनि पहल भइरहेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो ‘यही मंसिर १६ गतेको छलफलपछि विराटनगर विमानस्थलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम पनि सुरु हुन्छ ।’

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया