टाटा मोटर्सको ‘ग्लोबल सर्भिस क्याम्प’ हुँदै

 मंसिर १३, २०७६ शुक्रबार ११:५४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ सुरु हुँदैछ । मंसिर १९ देखि २१ गतेसम्म नेपालभर रहेका सिप्रदीका ५३ वटै सर्भिस सेन्टरमा एकैसाथ ग्लोबल सर्भिस क्याम्प हुन लागेको हो ।

टाटा मोटर्सले हरेक वर्ष संसारभरी रहेका आफ्ना सम्पूर्ण ग्राहकलाई उच्चस्तरीय सेवा दिने उदेश्यले ग्लोबल सर्भिस क्याम्प गर्दै आएको छ । विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा चौथो संस्करण हो ।

तीनदिनसम्म सञ्चालन हुने क्याम्पमा टाटा कमर्सियल भेइकलको निःशुल्क सर्भिस गरिन्छ साथै एक्साइड ब्याट्री, म्याकलुब्रिकेन्ट्स र टाटा जेन्युइन स्पेयर पार्टस, टायरलगायतका एसोसेरिजमा विशेष छुट प्रदान गरिने सिप्रदी मार्केटिङ सर्भिसका डेप्युटी म्यानेजर विकास ढकाले जानकारी दिनुभयो ।

यसैगरी क्याम्प अवधिमा ग्राहकले निःशुल्क सवारी जाँच सेवाहरु, विशेष ट्रेनिङ, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमलयागतका अन्य थुप्रै आकर्षक सेवा तथा सुविधाहरु पाउन सक्नेछन् ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको ग्लोबल सर्भिस क्याम्पमा ग्राहकको स्वास्थ्य परीक्षण गर्नुको साथै रक्तदान कार्यक्रम पनि गर्ने योजना रहेको डेप्युटी म्यानेजर ढकालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया