उपचुनावमा गृहनगर पुगेर मन्त्री नेम्बाङद्वारा मतदान

 मंसिर १४, २०७६ शनिबार १२:१९:२१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरकाे फिदिम नगरपालिका–१ को वडाध्यक्ष पदका लागि भइरहेको उपचुनावमा भौतिक पूूर्वधार तथा यातायात मन्त्री वशन्तकुमार नेम्बाङले गृहनगर फिदिम पुगेर मतदानगर्नुभएको छ ।

३७ जिल्लाका ५२ स्थानमा शनिबार भइरहेको उपनिर्वाचनमा पाँचथर जिल्लाका तीन रित्त स्थानहरुमा पनि उपनिर्वाचन भइरहेका छन् । यी तीनै स्थानमा बिहान ७ बजेदेखिनै शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको छ । जिल्लाको तीन स्थानमध्ये फिदिम नगरपालिका–१ मा मन्त्री नेम्बाङले मतदान गर्नुभएको हाे ।

मन्त्री नेम्बाङले फिदिम माविको खेलमैदानमा भएको मतदान केन्द्रमा बिहान साढे ७ बजे मतदान गर्नुभएको हो । यस वडामा ३ हजार ६ सय ७६ जना मतदाता रहेका छन् ।

वडाध्यक्ष पदका लागि ७ जना चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया