१३औँ साग : सिनाले दिलाइन् तेक्वान्दाेमा नेपाललाई अर्काे स्वर्ण

 मंसिर १६, २०७६ सोमबार १४:०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली (साग) को तेक्वान्दोतर्फ महिलाको पुम्सेमा नेपालले अर्को स्वर्ण जितेको छ । 

नेपालका लागि सिना लिम्बूले स्वर्ण जितिन् । उनले फाइनलमा श्रीलंकाकी खेलाडीलाई हराउँदै स्वर्ण हात पारेकी हुन् । 

पुम्सेको १७ देखि २३ वर्ष उमेर समूहमा सिनाले ८ दशमलव १५० अंक प्राप्त गर्दै पहिलो भइन् । दोस्रो स्थानमा रहेकी श्रीलंकन खेलाडीले ७ दशमलव ९६० अंक प्राप्त गरिन् ।

यसअघि तेक्वान्दोको पुम्सेको पुरुषमा कमल श्रेष्ठले स्वर्ण जितेका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया