१३ औँ साग : महिला फुटबलकाे लिगमा भारतसँग हारेकाे नेपालले फाइनलमा भारतसँगै खेल्ने

 मंसिर २१, २०७६ शनिबार १७:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा नेपाल लिगको अन्तिम खेलमा भारतसँग पराजित भएको छ । हारपछि पनि स्वर्णका लागि नेपालले भारतसँग नै खेल्ने भएको छ ।

लिगको दोस्रो स्थानमा रहँदै नेपालले फाइनलमा स्थान बनाएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपाल भारतसँग एक शुन्यले पराजित भयो । महिला फुटबलमा जहिलेपनि भारतसँग पराजित हुँदै आएको नेपालले आजपनि खेलको १८ औं मिनेटमा गोल खान पुग्यो । घरेलु दर्शकमाझ भारतका लागि बालादेवीले गोल गरिन ।

पहिलो हाफमा एक शुन्यले पछि रहेको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो अवसर बनाउन सकेन । जसका कारण नेपालले जारी प्रतियोगितामा पहिलो हार ब्यहोर्यो ।

यता भारत सबै खेलमा जित निकाल्दे शिर्ष स्थानका साथ फाइनलमा प्रवेश गरेको छ । अब स्वर्ण पदकका लागि नेपालले सोमबार भारतसँगै खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया