साग पुरुष फुटबल : फाइनलमा पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित या बराबरी !

 मंसिर २२, २०७६ आइतबार १३:१७:१५ | रासस
unn.prixa.net

काठमाण्डौ – बंगलादेशविरुद्धको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टिम १३औँ दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । 

यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बंगलादेशविरुद्ध जित या बराबरीमा रोकिनुपर्ने हुन्छ ।

यता बंगलादेशलाई भने फाइनल पुग्न जितको विकल्प छैन । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । खेल साँझ ५ बजेपछि सुरु हुनेछ । 

भुटानविरुद्ध ४–० को जित निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।

त्यही नतिजाले गर्दा साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बंगलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पार्‍यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भुटान चार खेलबाट ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ । 

त्यसैगरी नेपाल ७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यता बंगलादेशको ४ अङ्क रहेको छ । श्रीलङ्का र माल्दिभ्सको भने समान २/२ अङ्क रहेको छ । 

नेपाल र बंगलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भुटानसँग खेल्नेछ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया