अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
काठमाण्डाै - १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत मंगलबार फुटबलको फाइनल र समापन हुँदै छ ।
फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हुँदै छ । जसका कारण पनि नेपाली दर्शकहरु फुटबल हेर्नका लागि रंगशाला प्रवेश गर्न आतुर छन् ।
इसेवा मार्फत टिकट विक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट बिक्री भएका थिए । टिकट नपाएका समर्थकहरुले दशरथ रंगशालाकाे गेट बाहिर नारावाजी गरेका छन् ।
जसका कारण सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा केही घाइते पनि भएका छन् । सुरक्षाकर्मीले लाठी चार्ज गर्दा फोटो खिचिरहेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई चोट लागेको छ ।