साग फुटबल फाइनल : भुटानविरुद्ध नेपालकाे २-१ काे अग्रता, सुनिलले गरे दाेस्राे गाेल

 मंसिर २४, २०७६ मंगलबार १६:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुदकाे पुरुष फुटबलकाे फाइनलमा नेपालले २-१ काे अग्रता बनाएकाे छ ।

खेलकाे ५३औँ मिनेटमा नेपालका लागि सुनिल वलले गाेल गर्दै २-१ काे अग्रता दिलाए । सुनिलले यसअघि बंगलादेशविरुद्ध पनि निर्णायक गाेल गरेका थिए । 

खेलकाे १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गाेल गर्दै अग्रता दिलाए पनि भुटानका कप्तान चेन्चाे ग्याल्सेनले ३७औँ मिनेटमा बराबरी गाेल फर्काएका थिए ।

नवाैँ  मिनेटमा नेपालका मिक्चेन तामाङले पोष्टभित्र पाएको मौकामा भने चुक्न पुगेका थिए ।

भुटान पहिलाे पटक साग फुटबलकाे फाइनलमा पुगेकाे हाे । उसले नेपाललाई हराउँदै फुटबलमा अर्काे इतिहास रच्ने दाउमा रहेकाे छ । केही वर्षअघि निकै कमजाेर मानिने भुटानी फुटबल पछिल्लाे समय निकै निखारिँदै गएकाे छ । नेपाललाई भने लगातार साग फुटबलमा स्वर्ण जित्ने सुनाैलाे अवसर रहेकाे छ । २०१६ मा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले स्वर्ण पदक जितेकाे थियाे ।

नेपालकाे खेल हेर्न दशरथ रंगशालामा दर्शककाे खचाखच उपस्थिति रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया