काेहली–राेहित टी-२० मा सर्वाधिक रन बनाउने खेलाडी

 मंसिर २६, २०७६ बिहिबार ९:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतले वेस्ट इण्डिजविरुद्धको ३ खेलको टी–२० सिरिज २–१ ले जित्यो । 

यो सिरिजमा भारतीय कप्तान विराट कोहलीले १ सय १३ र रोहित शर्माले ९४ रन बनाए । यी दुवैको टी–२० करियरमा २ हजार ६ सय ३३ रन भयो । 

योसँगै कोहली र रोहित टी–२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडीको रुपमा संयुक्त रुपमा पहिलो स्थानमा रहँदै सन् २०१९ को अन्त्य गर्नेछन् । १ सय ४२ वर्षको क्रिकेट इतिहासमा यो पहिलो संयोग हो, जहाँ कुनै फर्म्याटमा दुई जना खेलाडीको रन बनाउने मामिलामा पहिलो स्थानमा छन् । 

वेस्ट इण्डिजविरुद्ध मुम्बईमा खेलिएको तेस्रो टी–२० अघि कोहली रन बनाउनेमा पहिलो नम्बरमा थिए । रोहित मात्र १ रनले पछि थिए । यो खेलमा कोहलीले ७० र शर्माले ७१ रन बनाए । 

रोहितले ३४ बलमा ७१ रन बनाए भने कोहलीले २९ बलमा सानदार ७० रन बनाए । 

कोहली भर्सेज रोहित

रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय छक्का प्रहार गर्ने पहिलो भारतीय

रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय छक्का प्रहार गर्ने पहिलो भारतीय बनेका छन् । साथै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । 

सबैभन्दा धेरै छक्का वेस्ट इण्डिजका क्रिस गेल (५३४) ले प्रहार गरेका छन् । दोस्रो नम्बरमा पाकिस्तानका शाहिद अफिरीदी (४७६) रहेका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया