अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
काठमाण्डाै - राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले इतिहासमै सबैभन्दा बढी पदक हासिल गर्नुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाण्डौमा पत्रकारहरुसँग कुरा गर्दै सदस्य सचिव सिलवालले सरकारले खेलाडीहरुका लागि घोषणा गरेको पुरस्कारले खेलाडीहरुको बनोबल बढेको समेत बताउनुभयो । त्यसैले खेलाडीहरुलाई एसियन, ओलम्पिक र विश्वकपको तयारीका लागि तयार गर्न सजिलो भएको समेत बताउनुभयो ।
उहाँले सागका लागि चाहिने आवश्यक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिंदा समयमै काम सम्पन्न गर्न सकिएको जानकारीसमेत दिनुभयो । उहाँले आफूले साग सुरु हुनुभन्दा पहिला नै कम्तीमा पनि ५० स्वर्ण पदक जित्ने भन्दा नपत्याएको उल्लेख गर्दै अहिले प्रमाणित भएको बताउनुभयो ।
विभिन्न २१ खेलको प्रशिक्षण विदेशमा गरिएकाले समेत परिणाम राम्रो आएको बताउँदै खेल क्षेत्रमा अझ बढी लगानी आवश्यक रहेको उहाँले बताउनुभयो । साग सकिएसँगै आफूहरुको अबको ध्यान १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको बताउनुभयो ।
उहाँले खेलकुद क्षेत्रको क्रमिक सुधार भएको बताउँदै खेललाई उत्पादनशील क्षेत्रको रुपमा अगाडि बढाउने प्रतिबद्धत समेत व्यक्त गर्नुभयो । फुटबल, क्रिकेट तथा भलिबलमा निरन्तर लिग खेल खेलाउने बताउनुभयो ।
वौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा गण्डकी प्रदेशमा हुने समेत जानकारी उहाँले दिनुभयो । त्यस्तै अवको चार वर्ष भित्र ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा समेत उहाँले गर्नुभयो ।
उहाँले सागको सम्पूर्ण खर्च विवरण ९० दिन भित्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै सागमा पदक जित्ने खेलाडीहरुलाई शुक्रबार बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगरपरिक्रमा गराउने समेत बताउनुभयो ।