बलात्कार आरोपी सिद्धबाबामाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

 मंसिर ३०, २०७६ सोमबार १९:५४:२९ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - सुनसरीको चतराका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबा भनेर चिनिने कृष्णदास माथि अनुसन्धान गर्न प्रहरीलाई सुनसरी जिल्ला अदालतले ७ दिनको म्याद थपेको छ ।

अनुयायीमाथि  बलात्कार गरेको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले अनुसन्धानकालागि थप ७ दिनको म्याद दिएको हो ।

सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरीलाई  अनुसन्धानका लागि म्याद थप गरेको हो । यो सहित  अदालतले म्याद थप गरेको तेश्रो पटक  हो ।

सोमबारबाट लागू हुनेगरी थप भएको ७ दिनमा प्रहरीलाई थप अनुसन्धान गरी उपस्थित गराउन भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माका अनुसार अदालतको आदेश बमोजिम तत्कालका लागि कृष्णदासलाई बिराट नर्सिङ होममै फर्काइएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • dhama paudyal

    Dec. 16, 2019, 8:26 p.m.

    बिरामी नै नभै बिरामी भएको नाटक गरेर सुबिधा सम्पन्न अस्पताको सैया मा बस्ने यो ढोगी लाई झुटा नाटक गरेको मा पनि थप सजाय हुनु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया