विराटनगरमा बिहेको अघिल्लो दिन बेहुला पक्राउ : प्रहरीको घेरामा बिहे सम्पन्न

 पुस १, २०७६ मंगलबार १८:४१:४० | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - कुनै बेहुलाको भोलि धुमधामका साथ विवाह हुँदैछ तर  अघिल्लो दिन प्रहरीको नियन्त्रणमा हुँदा बेहुलाको परिवारमा कस्तो होला? अनि बेहुली पक्षले त्यस्तो अवस्थामा कस्तो प्रतिक्रिया जनाउलान् ? यस्ता घटना विरलै हुन्छन्  ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा यस्तै एउटा घटना भएको छ ।

धरान उपमहानगरपालिका –१५ का कमल  विश्वकर्माको मंसिर २९ गते विवाह हुँदै थियो । तर मोरङ प्रहरीले उनलाई मंसिर २८ गते शनिबार अवैध लागुऔषध सहित पक्राउ गर्यो ।

भारतको जोगबनीबाट अवैध रूपमा लागुऔषध ल्याएको आरोपमा लागुऔषध ब्यूरोको टोलीले भाेलिपल्ट बिहे हुनुपर्ने बेहुलालाई पक्राउ गर्‍यो । भारतको जोगबनीदेखि अवैध रुपमा लागुऔषध ल्याएको आरोपमा कमल २१ एम्पुल लागुऔषध सहित पक्राउ परे।

उनी पक्राउ परेको खबर पाएपछि धरानबाट बेहुलाका आफन्त इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगे । तर पनि प्रहरीले उनलाई  छाडेन ।

विवाहको अघिल्लो दिन प्रहरीको हिरासतमा बसेका कमललाई विवाहको दिन दुई जना सादा पोशाकका प्रहरी साथ लगाएर घर पठाइएको थियोे । विवाहको दिन कमललाई लिन जन्ती जाने टोली पनि मोरङ प्रहरीको कार्यालयमा बाहिर आएका थिए । 

आइतबार विवाह सकिएपछि सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएका कमललाई मंगलबार दिउँसो सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर मोरङ अदालतमा लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया