गायक रामकृष्ण ढकाल र नीलम शाहबीच सम्बन्ध विच्छेद

 पुस ९, २०७६ बुधबार १८:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गायक रामकृष्ण ढकाल र नीलम शाह ढकालबीचको १७ वर्षको सम्बन्ध टुंगिएको छ ।

उनीहरुले बुधबार जिल्ला अदालत काठमाण्डौमा गएर आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् ।

मंगलबार नीलमले अदालतमा रामकृष्णसँग सम्बन्ध विच्छेद गरी पाऊँ भन्दै निवेदन दिएकी थिइन् । रामकृष्णसँग अंश नलिने र छोरी आफैसँग राख्ने गरी सम्बन्ध विच्छेद भएको अदालतले जनाएको छ । जिल्ला अदालतका काठमाण्डौका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले रामकृष्ण र नीलमबीच सम्बन्ध विच्छेद भएको फैसला सुनाएको हो ।

न्यायाधीश विदुर कोइरालाको इजलासमा दुवै आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन । दुवैले ‘सम्बन्ध विच्छेद गर्न मञ्जुर छौँ’ सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

रामकृष्ण ढकालका केही गीतमा नीलमले मोडलिङ समेत गरेकी छन् । केही समयअघि सहकारीबाट ऋण लिएर घर किनेपछि रामकृष्ण ढकाल चर्चासँगै विवादमा आएका थिए । 

रामकृष्ण र नीलमबीच विक्रम संवत् २०५९ सालमा प्रेम विवाह गरेका थिए । उनीहरुको एक छोरी छिन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rup raj dhami

    Dec. 25, 2019, 6:32 p.m.

    किन नेपाल सुपर् हिट जोडी सम्बन्ध बिछेद हुन्छ 17 बर्स को सम्बन्ध यति सजिलै तोदिन्छ र राम कृष्ण को जीवन मा माया ले छ्ल गरेको छ यो खबर सुन्दा दुख लागेको छ

  •  0 Reply

तपाईको प्रतिक्रिया