१० रुपैयाँमै राज्माकाे तरकारी र बासमतीकाे भात !

 पुस ९, २०७६ बुधबार १८:२९:४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - हरेक घरको पीडा एउटै हुन्छ, महँगीले डाँडो काट्यो । तलब थोरै भयो अब जीवन कसरी चलाउने । विद्यालयको फिस महँगो भयो अब कसरी पढाउने ? अनि खाद्यान्न सामग्रीको मूल्य आकासियाे । गरिबको अँगेनो बलेन भन्ने समाचारहरु प्रशस्तै आए  ।

हुन पनि अहिलेको बजार मूल्य त्यस्तै नै  छ। आर्थिक अवस्था कमजोर भएकाहरुको दैनिकी एकदमै कष्टकर बनेको छ ।  तर विराटनगरमा १० रुपैयाँमै भरपेट खाना खान पाइन्छ भन्ने कुरा सुन्दा तपाईँलाई पत्याउनै गाह्रो पर्न सक्छ ।

तपाईँ हामीले हरेक दिन खाँदै आएको खाना छाकको न्यूनतम पनि ६० रुपैयाँभन्दा तल खानै पाइँदैन । ठूला होटलमा एक छाककै प्रतिव्यक्ति १५ सय रुपैयाँभन्दा बढी लिएको पनि पाइन्छ ।  तर विराटनगरको काली मन्दिरअगाडि  १० रुपैयाँमा भरपेट खाना खाने व्यवस्था मिलाइएको छ ।

विराटनगर ७ का समाजसेवी दिलिप धाडेवाको अगुवाइमा विराटनगरमा १० रुपैयाँमा सादा खाना खाने व्यवस्था मिलाइएको हो । कुनै समय राजापा नेपालका सह-महामन्त्रीसमेत रहेका धाडेवाले बुधबारदेखि १० रुपैयाँमा नै राज्माको तरकारी र बासमती चामलको खाना बेच्न थालेको बताए ।

विराटनगर मेनरोडस्थित काली मन्दिरअगाडि टेबल राखेर खाना बेच्न सुरु गर्नेमा विराटनगरका चार जना छन्  । ठूला होटलमा  सबै वर्गका मानिसले किनेर खान नसक्ने भएका कारण सस्तो मूल्यमा सबैले भरपेट खाने व्यवस्था मिलाउनका लागि यो अभियानको थालनी गरिएको धाडेवाले बताए ।

यो अभियान विराटनगरका ४ जना व्यक्तिबाट सुरु भएको हो । विराटनगरका व्यापारी नन्दकिशोर तापडिया, पवन अग्रवाल, मोहन गुप्ता र दिलिप धाडेवाले संयुक्त रुपमा नयाँ कामको थालनी गरेका हुन् ।

यो अभियानलाई विराटनगरका अन्य स्थानहरुमा समेत लग्ने र  सस्तो मूल्यमा खाना  उपलब्ध गराउने तयारी भइरहेको धाडेवाले बताउनुभयाे । सस्तो मूल्यमा खाना खाने व्यवस्था मिलाइएपछि खाना खान आउनेहरुको संख्या बढ्न थालेको छ ।  पहिलो दिन मात्र ४ सय ३९ जनाले खाना खाएका छन् । 

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Khadga Bahadur Rai

    Dec. 25, 2019, 8:36 p.m.

    विराटनगरमा रु. १० मा बासमती चामलको भात खान पाइन्छ भन्ने समाचार सुनेर आश्चर्यको साथै कौतुहलता जागेर आयो । प्रस्तुत होटलवालासँग सोभैm सम्पर्क गर्न मन लाग्यो । कृपया मोरङको उज्यालो सहकर्मी सुमन तिमल्सिनाको सम्पर्क नं. दिनुहुन्थ्यो कि ? धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया