सलमान खान बने बलिउडका सर्वाधिक कमाइ गर्ने भारतीय अभिनेता

 पुस ११, २०७६ शुक्रबार १९:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

आज भारतीय अभिनेता सलमान खानको ५४ औंँ जन्मदिन हो । सलमानले हिजो मध्यरातमा आफ्नो परिवार तथा आफन्तजनका साथमा जन्मदिन मनाएका छन् । सामाजिक सञ्जालमा यतिबेला बलिउड कलाकार तथा सलमानका प्रशंसकले जन्मदिनको शुभकामनाहरु दिइरहेका छन् । 

सलमान खानको हालै रिलिज भएको फिल्म ‘दबंग ३’ ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । यससँगै सलमान खानले भारतीय सिने जगतमा एक अर्को इतिहास रचेका छन् । फिल्म ‘दबंग ३’ को बक्स अफिसको कलेक्सन अनुसार सलमान खानको १५ वटा फिल्मले बक्स अफिसमा १०० करोड व्यापार गरेको छ । 

सलमान खानका फिल्महरुमध्ये सन् २०१७ मा रिलिज भएको ‘टाइगर जिन्दा हे’ ले ३३९ करोड कमाएको थियो । तसर्थ, उनका १५ वटा फिल्ममध्ये ‘टाइगर जिन्दा हे’ सर्वाधिक सफल फिल्म बनेको छ । बक्स अफिसममा सलमानका १५ वटा सर्वाधिक व्यापार गर्न सफल फिल्महरुको सूची यस्ताे छ :

टाइगर जिन्दा हे – ३३९ करोड रुपैयाँ 

बजरंगी भाइजान – ३१५.४९ करोड रुपैयाँ

सुल्तान – ३००.४९ करोड रुपैयाँ

किक –  २११.६३ करोड रुपैयाँ 

भारत –  १९७.३४ करोड रुपैयाँ 

प्रेम रतन धन पायो –  १९४.३४ करोड रुपैयाँ 

एक था टाइगर –  १८६.१४ करोड रुपैयाँ

रेस ३ –  १६६.१५ करोड रुपैयाँ 

दबंग २ – १४९.५२ करोड रुपैयाँ 

बडीगार्ड – १४४.७८ करोड रुपैयाँ 

दबंग –  १४१.२४ करोड रुपैयाँ 

रेडी – १२०.७२ करोड रुपैयाँ 

ट्युबलाइट – ११४.५७ करोड रुपैयाँ 

जय हो – १०९.३५ करोड रुपैयाँ 

दबंग ३ –  १०७ करोड (प्रदर्शनको छैठौँ दिनमा, प्रर्दशनको क्रममा रहेको छ) रुपैयाँ 

सलमान खानपछि दोस्रो स्थानमा अभिनेता अक्षय कुमार रहेका छन् । अक्षयका १३ वटा फिल्मले बक्स अफिसमा एक सय करोडभन्दा धेरैको व्यापार गरिसकेका छन् । यस्तै तेस्रो स्थान अभिनेता शाहरुख खान परेका छन् । 

शाहरुख खानका ७ वटा फिल्मले १०० करोड कमाउन सफल भएका छन् भने आमिर खानका ६ वटा फिल्मले १०० करोडको भन्दा धेरै व्यापार गरेका छन् । यस्तै पाँचौं स्थानमा अभिनेता ऋतिक रोशन, अजय देवगन, रणवीर सिंह र रणबिर कपूरका फिल्महरु पर्दछन् । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया