यूएईबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने अवसर

 पुस १७, २०७६ बिहिबार ११:३३:५२ | उमाकान्त पाण्डे

यूएई – यूएईको अलअहलिया एक्सचेञ्जले यो वर्ष पनि यूएईबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने योजना ल्याएको छ ।

वैधानिक माध्यममार्फत रेमिट्यान्स पठाउनको लागि प्रोत्साहन गर्नको लागि उपहार योजना ल्याउने गरेको एक्सचेञ्जका जनरल म्यानेजर कमल सुब्बाले उज्यालोलाई बताउनुभयो ।

डिसेम्बर १५ तारिख आइतबारदेखि फेब्रुअरी १२ तारिखसम्म अहलिया एक्स्चेञ्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनाैट गरिने एक्सचेञ्जले जनाएको छ ।

योजनाको पहिलो ३ वटा कारका लागि आबुधाबीको इलेक्ट्रा शाखामा फ्रेबुअरी १३ तारिखका दिन गोलाप्रथा गरिनेछ । यस्तै थप ३ वटा कार सारजाहको अलसज्जा इण्डस्ट्रियल क्षेत्रमा रहेको शाखामा फ्रेबुअरी १६ मा सार्वजनिक गरिने र मेघा प्राइज अन्तर्गत १ किलो सुन र ४ वटा कारको विजेता घोषणा दुबईको अलकुज शाखामा आउँदो फ्रेबुअरी १७ (फागुन १२) तारिखमा सार्वजनिक गरिने एक्सचेन्जका नेपाल सेक्टर प्रमुख बेनीमाधव ढकालले जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरुमा पनि यस्तै योजनाबाट धेरै नेपालीले कार तथा एक किलो सुन पाएका थिए । सन् २०१८ को यस्तै योजनामा इलामका नरेन्द्र मगरले १ किलो सुन जित्नुभएको थियो ।

यूएईमा जितेको सुन यूएईमै बिक्री गरी पाएको झण्डै ४४ लाख पैसा लिएर मगर नेपाल फर्किनुभएको छ । त्यस्तै, एक्सचेञ्जले सन् २०१८ मै चलाएको विन्टर योजना अन्तर्गत स्याङ्जा दरौं सिरुबारीका छविलाल दर्जीले कार पाउनु भएको थियो भने गएको वर्षको योजनामा काठमाण्डौका नविन पाण्डेले कार उपहार पाउनुभएको थियो ।

यो एक्चेञ्जमार्फत पैसा पठाउँदा सन् २०१३ मा दैलेखका रामबहादुर कटुवालले १ लाख दिर्हाम अर्थात झण्डै ३१ लाख नेपाली रुपैयाँ उपहार पाउनु भएको थियो ।

पैसाको दर पनि अन्य एक्सचेञ्जको तुलनामा केही बढी दिने र सेवा शुल्क सस्तो हुने भएकाले धेरैजसो नेपाली श्रमिकका लागि अहलिया एक्सचेञ्ज लोकप्रिय बनेको छ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया