बर्दिया निकुञ्जकाे उत्तरी क्षेत्र वराहतालमा चितुवा आतंक : एक जनाको ज्यान गयो

 पुस १७, २०७६ बिहिबार १९:६:१० | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा चितुवा आतंक बढ्दै गएपछि स्थानीयबासी त्रसित बनेका छन् ।

निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने वराहताल गाउँपालिकाको गाउँमा चितुवा पसेर दिनहुँ दुःख दिन थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । 

चितुवाको आक्रमणबाट बिहीबार दिउँसो सुर्खेतको वराहताल गाउँपालिका–३, नरसिँहकाँडाकी ५४ वर्षीया अमृता बराल गम्भीर घाइते हुनुभएको स्थानीय शिक्षक टिकाराम भण्डारीले जानकारी दिनुभयो ।

उहाँलाइ घर नजिकै बारीमा घाँस काट्ने बेला चितुवाले खुट्टामा आक्रमण गरेको जनाइएको छ । हातमा हँसिया भएका कारण ज्यान जोगीएको  स्थानियले जनाएका छन्  ।

घाइते महिलाले  हँसियाले हानेपछि चितुवा भागेको घाइतेका आफन्तले जनाएका छन् । घाइतेलाई उपचारका लागि कोहलपुर लगिएको छ । 

यस्तै तीन दिन अघि बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने कर्णाली प्रदेशको सुर्खेत बराहताल गाउँपालिकामा चितुवाको आक्रमणबाट १ जनाको ज्यान गएको थियो । 

चितुवाको आक्रमणबाट सुर्खेत बराहताल गाउँपालिका –३ लेखगाउँकी ४५ वर्षीया चन्द्रकला नेपालीको तीन दिन अघि सोमबार दिउँसो ज्यान गएको स्थानीय शिक्षक टिकाराम भण्डारीले जानकारी दिनुभयो । 

गएको असोजमा पनि चितुवाको आक्रमबाट एक बालक घाइते भएका थिए । चितुवाको आक्रमणबाट त्यसै ठाउँमा बिहिबार फेरी एक जना घाइते भएपछि स्थानीवासी त्रसित बनेका छन् । 

यसअघि जंगली जनावर भगाउन घरमा राखिएका २ सय ५५ वटा भरुवा बन्दुक निकुञ्जको उत्तरी क्षेत्र तरंगा, लेखपराजुल, हरीहरुपुर र छिन्छुका स्थानीयले झण्डै ५ वर्ष पहिले निकुञ्ज प्रशासनमा बुझाएका थिए । 

चितुवा, बाँदर लगायतका वन्यजन्तुको आतंकका कारण भरुवा बन्दुक लगायतका हतियार किन बुझाइयो होला भनेर पछुताउने काम भएको स्थानीय शिक्षक भोला खत्रीले बताउनुभयो । 

उहाँले गाउँमा आएर आतंक मच्चाउने चितुवालाई जतिसक्दो चाँडो निकुञ्ज प्रशासनले नियन्त्रणमा नलिए आन्दोलनमा जाने र वन्यजन्तु पनि मार्ने भन्दै आक्रोश व्यक्त गर्नुभयाे ।  

खत्रीका अनुसार पहिले चितुवाले बाख्रापाठा मात्र खाने गरेकाेमा अब मान्छेलाई पनि आक्रमण गर्न थालेको र चितुवा आतंकका कारण राति मात्र नभइ बिहान र दिउँसो पनि घर बाहिर निस्किन स्थानीयलाई समस्या भएको छ।

निकुञ्जको उत्तरी क्षेत्रमा चितुवाले आतंक मच्चाउन थालेपछि बर्दिया निकुञ्जबाट प्राविधिक टोलीसहित निकुञ्ज सुरक्षाकाे लागि खटिएको नेपाली सेना त्यस तर्फ पठाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा पाटे बाघ, जंगली हात्ती र चितुवाले पछिल्लो समय जनधनमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया