पेट्राेल र डिजेलमा प्रतिलिटर २५ पैसा बढी लिएकाे आराेपमा पेट्राेल पम्पका सञ्चालक पक्राउ

 माघ ५, २०७६ आइतबार १३:५६:३३ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ मा रहेको यशाेधा पेट्रोल पम्पका सञ्चालक उत्तम कटुवाललाई तोकिएको भन्दा बढी मूल्य लिएको आरोपमा पक्राउ गरिएको छ । 

पम्प सञ्चालक कटुवाललाई जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले इन्धनमा निर्धारित मूल्यभन्दा बढी असुलेको भन्दै पक्राउ गरेको हो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले कटुवाललाई कालोबजारीको मुद्दा लगाइएको जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी दुलालले सञ्चालक कटुवालले उपभोक्तासँग डिजेल र पेट्रोलमा तोकेको मूल्यभन्दा २५ पैसा बढी असुलेपछि पक्राउ गरेकाे बताउनु भएको छ । नेपाल आयल निगमले समायाेजन गराएकाे मूल्यभन्दा बढी लिएपछि कटुवाललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको हो । 

 कटुवालले गएकाे पुस १७ गते डिलर्स एसाेसिएशन विराटनगरले उपलब्ध गराएको भन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको आरोप लगाएको छ । कटुवालले वास्तविक मूल्यभन्दा बढी मूल्यमा इन्धन बिक्री गरिरहेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका थिए । 

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको हस्ताक्षरमा गएकाे पुस १७ मा जारी भएको मूल्यअनुसार पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ ६५ पैसा र डिजेलको मूल्य १ सय ३ रुपैयाँ ६५ पैसा तोकिएको छ । 

तर कटुवालले पेट्रोल १ सय १४ रुपैयाँ ९० पैसा र डिजेल प्रतिलिटर १ सय ३ रुपैयाँ ९० पैसामा बिक्री गर्दै आएका थिए । कटुवाललाई तीन वर्षअघि पनि पेट्रोलियम पदार्थमा बढी मूल्य लिएको आरोपमा प्रशासनले मुद्दा चलाएको थियो । 

सङ्खुवासभामा खाँदबारी ९ मा ३ वटा, चैनपुरमा २ वटा पम्पबाट पेट्रोलियम पदार्थ बिक्री वितरण हुँदै आएको छ । अन्य पम्पहरुले तोकिएको मूल्यमा कारोबार गरिरहेको प्रशासनले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया