नेपाल र यूएईबीच कूटनीतिक सम्बन्धको ४३ वर्ष

 माघ ८, २०७६ बुधबार १७:३९:५४ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४३ वर्ष पूरा भएको छ । 

२२ जनवरी १९७७ मा सुरु भएको कूटनीतिक सम्बन्धलाई नेपालले यूएईमा सन् २००४ को अप्रिल ११ मा नेपाली दूतावास स्थापना गरेर थप बलियो बनाएको थियो । सुरुमा कार्यवाहक राजदूतको रुपमा जिम्मेवारी सम्हाल्दै सन २००७ को डिसेम्बर २१ बाट यूएईमा पूर्ण राजदूतले जिम्मेवारी सुरु गर्नुभएको हो ।

यूएईका लागि अर्जुन बहादुर थापाले पहिलाे र धनन्जय झाले दाेस्राे राजदूतको जिम्मेवारी पूरा गरिसक्नु भएको छ  ।

मधुवन पौडेल, मोहनकृष्ण श्रेष्ठ, दिपक अधिकारी, नेत्रबहादुर टन्डन, सागर प्रसाद फुयाँलले कार्यवाहकको रुपमा नेतृत्व सम्हाल्नु भएको थियो । दोस्रो राजदूतको रुपमा राजदूत धनन्जय झा नेपाल फर्किएपछि गएको झन्डै ४ बर्ष यता यूएई राजदूतविहीन थियो ।

अहिले कृष्णप्रसाद ढकालले यूएईका लागि तेस्रो राजदूतको रुपमा दूतावासको नेतृत्व गरिरहनु भएको छ ।
 
यूएईले पनि सन २०१६ को १० मे मा काठमाण्डौमा दूतावास स्थापना गरेर काम सुरु गरेको हाे । यूएईमा नेपालीको सख्या बढेसँगै यूएईको दुबईमा कन्सुलेट कार्यालय स्थापना गरेर सेवा प्रदान गर्न यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन ।  

दुई देशबीचको कूटनीतिक सम्बन्ध थप बलियो बनाउन पछिल्ला समय दुई देशका उच्च अधिकारीहरुले नियमित रुपमा भ्रमण गर्दै आउनु भएको छ । नेपालका लागि भारत र चीनपछि यूएई तेस्रो ठूलो व्यवसायिक साझेदार देश पनि हो ।

यूएईबाट वार्षिक ५ दशमलव १ प्रतिशत सामान नेपाल आयात गरिने र नेपालबाट जम्मा शून्य दशमल ४ प्रतिशत मात्रै सामान यूएईमा निर्यात हुने गरेको छ ।

खासगरी यूएईबाट नेपालमा लगिने वस्तु र यूएईमा आउने नेपाली वस्तुको स‌‍ङ्ख्यात्मक हिसाबको अन्तर र व्यापार घाटाबारे आर्थिक कूटनीतीमा बहस हुन नसकेको सरोकारवालाको भनाइ छ 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया