प्रदेश २ मा राष्ट्रिय सभा चुनावकाे सम्पूर्ण तयारी पूरा

 माघ ८, २०७६ बुधबार १७:३५:५० | सुभाष कर्ण
unn.prixa.net

धनुषा - आउँदो बिहीबार हुने राष्ट्रिय सभा सदस्य चुनावको लागि प्रदेश २ काे सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन अधिकृत राजकुमार खतिवडाले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो । उहाँले मतदान अधिकृत तोकेर मतपेटिका, मतपत्र र मतदाता नामावली सहितको सम्पूर्ण सामग्री जिम्मा लगाइ सकिएको जानकारी दिनुभयो ।

उहाँले स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक तयारी पूरा भएको जानकारी समेत दिनु भयो ।

चुनावका लागि जनकपुरमा रहेकाे महेन्द्र नारायणनिधि संस्कृति केन्द्रमा पालिका, मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्रको व्यवस्था मिलाइएको छ । प्रत्येक मतदान केन्द्रका लागि मतदान अधिकृत बाहेक ८ जना कर्मचारी खटाइएको छ ।

अधिकृत खतिवडाका अनुसार चुनाव सकिएलगत्तै मतगणनाको प्रक्रिया शुरु हुनेछ । शान्तिपूर्ण वातावरणमा स्वच्छ तथा निष्पक्ष रुपमा मतदान सम्पन्न सुरक्षाकर्मी परिचालन गरिसकिएको छ ।

प्रदेश २ मा राष्ट्रियसभा सदस्यको चार पदका लागि हुन गइरहेको चुनावमा आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । त्यस चुनावमा प्रदेश २ को प्रदेशसभा सदस्यका साथै स्थानीय तहका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।

प्रदेशसभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाता रहेका छन् । सो चुनावमा महिला समूह अन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली कांग्रेसको तर्फबाट नगिना यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै, दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टीका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै, अल्पसंख्यक समूह अन्तर्गत नेपाली कांग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह रहेका छन् । 

अन्य समूहतर्फ समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी प्रतिस्पर्धामा छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया