दूधकोशी एफ.एमको रिपिटर टावरमा आगलागी

 माघ १३, २०७६ सोमबार १५:२४:५९ | सुवास दर्नाल
unn.prixa.net

‍सोलुखुम्बु– सोलुखुम्बुकाे सामुदायिक रेडियो दूधकोशी एफ‍.एम ९४.५ मेगाहर्जको रिपिटर टावरमा आगलागी भएकाे छ । सोलुदूधकुण्ड नगरपालिका ८ को पत्तालेमा रहेको रिपिटर टावरसहितको घरमा आइतबार राति आगलागी भएको स्थानिय भाईछुङ शेर्पाले जानकारी दिनुभयो 

आइतबार राति लागेकाे आगाे प्रहरी र स्थानीयको सहयोगमा साेमबार विहान २ बजे मात्रै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ईन्टरनेट सेवा प्रदायक संंस्था वेब सर्फर प्रा.लिको उपकरणमासमेत क्षति पुगेको छ । 

ईन्टरनेटको टावरमा प्रयोग भएको ब्याट्रिबाट आगलागी भएको खुलेको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिनुभयो । आगलागीबाट एक तले घर, टावरमा रहेको ट्रान्समिटर लगायतका उपकरण जलेर नष्ट भएको रेडियो सञ्चालक समितिका सचिव बिनोद बस्नेतले बताउनुभयो । 

वि.स २०६३ सालमा सोलुखुम्बुको सल्लेरीमा स्थापना भएको ५ सय वाट क्षमताको रेडियो विभिन्न कारणले गर्दा अहिले बन्द अवस्थामा थियो ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया