'टाटा मोटर्स जेन्युइन आयल' सार्वजनिक

 माघ १४, २०७६ मंगलबार ९:२७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टाटा मोटर्सको 'टाटा मोटर्स जेन्युइन आयल' सार्वजनिक भएको छ ।

टाटा कमर्सियल भेइकलको नेपालको आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालीले अन्तर्राष्ट्रिय बजारका लागि 'जेन्युइन मोटर आयल' सार्वजनिक गरेको हो ।

टाटा मोटर्स जेन्युइन पार्ट्सको नेपाल भरका आधिकारिक सर्भिस सेन्टर, एक सयभन्दा बढी रिटेलर र च्याम्पियन जोनको सहभागितामा टाटा मोटर्स प्रालीका पदाधिकारीले संयुक्तरुपमा टाटा मोटर्सका विभिन्न रेन्जका जेन्युइन आयल सार्वजनिक गरेका हुन् ।

टाटा जेन्युइन इन्जिन आयल, गियर आयल र रियर एक्सल आयल १ लिटरदेखि १५ लिटरसम्मकाे मात्रामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसअघि टाटा जेन्युइन मोटर आयल दुई महिना पहिले भारतीय बजारमा सार्वजनिक भएको थियो । भारतमा यी उत्पादनले राम्रो प्रतिक्रिया पाइरहेको भन्दै टाटा मोटर्सको कस्टमर केयरतर्फका ग्लोबल हेड आर. रामकृष्णनले नेपालमा पनि ग्राहकहरुबीच छिटै लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयाे । 

टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक कार्यक्रममा एक सय चार केएल भन्दा बढी जेन्युइन आयल बुकिङ भएको सिप्रदी अटो पार्ट्सले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया